राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा पेश हुने


नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश हुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको यो निर्णयसँगै विधेयक अब प्रतिनिधिसभामा दर्ता भई सम्बन्धित संसदीय समितिमा दफावार छलफलका लागि पठाइनेछ । मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, नियामकीय संरचना सुदृढ गर्ने साथै बैंक तथा वित्तीय प्रणालीलाई थप व्यवस्थित बनाउने गरी विधेयकलाई संसदमा लग्न लागिएको हो ।

आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्य, राष्ट्र बैंकको चौथो रणनीतिक योजना (२०२२–२०२६) र मौद्रिक नीतिमा उल्लेख गरिएका सुधारका विषयलाई कानुनी आधार दिने गरी विधेयक पेश हुन लागेको हो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।