कामना सेवा विकास बैंकले सुरु गर्यो नेपाल पे कार्ड वितरण


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्ड जारी गर्न थालेको छ । बैंकले नेपाल पे कार्ड इस्यु तथा अक्वायर गर्न थालिएको जनाएको छ । डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट नेपालपे कार्डका साथै डिक्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट सुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढि बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग सुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ ।

नेपालका अग्रणी विकास बैंकहरु मध्येको कामना सेवा विकास बैंकले देशभरका करिव ८ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका १२२ शाखाहरु, १ एक्स्टेन्सन काउन्टर र ६६ एटिएमहरु रहेका छन् । पछिल्लो समय देखि बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । नेपालभर आफ्नो पहुँच सशक्त बनाएको कामना सेवा विकास बैंक आफ्नो सेवाको पहुँच र डिजिटल सेवालाई अझ वृद्धि गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।