बालुवाटारमा आफ्नै भवनमा सर्यो गरिमा विकास बैंकको मुख्यालय


काठमाडौं । गरिमा विकास बैंकले आफ्नो मुख्य कार्यालय बालुवाटारमा स्थानान्तरण गरेको छ । बैंकले बुधबार एक कार्यक्रमका बिच आफ्नै भवनमा मुख्य कार्यालयको उद्घाटन गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकको केन्द्रिय कार्यालयको उदघाटन गरेका हुन । यस अघि बैंकको केन्द्रिय कार्यालय लाजिम्पाटमा सञ्चालनमा थियो ।

मुख्यालय उद्घाटनका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले ३ जिल्लाबाट सुरु भएको बैंक राष्ट्रिय स्तरको बन्न धेरै मेहनत गरिएको बताए । अन्य संस्थाहरुसँगको मर्जरले पनि बैंकलाई राष्ट्रियस्तरको बैंक बनाउन योगदान दिएको उनको भनाई थियो । देशका विभिन्न ठाँउमा रहेका अन्य संस्थाहरुसँगको मर्जरले गरिमा विकास बैंकलाई देशको हिमाल, पहाड र तराईमा स्थापित गरेको उनको भनाई थियो ।

२०६४ सालमा स्याङ्जामा २ करोड ६४ लाख रुपैयाँको चुक्ता पुँजीमा स्थापना भएको बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब २ करोड पुगेको उपाध्यायले जानकारी दिए ।

३७ जिल्लामा रहेका १२६ शाखाबाट १ हजार ५२ जना कर्मचारीहरुले सेवा प्रवाह गर्दै आएको बैंकले संस्थागत सुशासनलाई प्राथमिकता राखेको पनि उपाध्यायले प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।