काठमाडौँ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले प्रतिफल घोषणा गरेका छन्। प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।
भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।





प्रतिक्रिया