नबिल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा


काठमाडौँ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाहरूले नगद प्रतिफल घोषणा गरेका छन्। ती योजनाहरुले गत आर्थिक वर्षको लागि नगद प्रतिफल घोषणा गरेका हुन् ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ का इकाईधनीले २.५ प्रतिशत प्रतिफल प्राप्त गर्ने भएका हुन।

प्रतिफल वितरण प्रयोजनका लागि यी योजनाहरूले आगामी असोज ७ गते बुधबार एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द हुने भएको छ । जस अनुसार असोज ६ गतेसम्म इकाई खरिद गर्ने इकाईधनीले उक्त घोषणा गरिएको उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।