नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको वीरगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् । यसअघि सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरिसकिएकोमा सोमबार मधेश प्रदेशमा विस्तार गरिएको हो । प्रदेश कार्यालयहरुबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको…