ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले आज छुट्टाछुट्टा स्थानमा बोलाएको साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्ती र सम्बन्धीत बैंक सञ्चालक समितिले गत आवको सञ्चित मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गराउँदैछन् । दुबै बैंकले शुक्रबार मंसिर २३ गते साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारामा…