यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.९७ अङ्कले घटेर १ हजार ८८५ दशमलव ३१ अङ्कमा कायम भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १.६७ प्रतिशत घटेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स पनि ६.२८ अंक घटेर ३६७.३६ बिन्दुमा झरेको छ…