आईएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, ११ करोड ६४ लाख बाँड्ने

आईएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर ५ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले हाल…