नयाँ स्टक र ब्रोकर थप गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णय झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नयाँ स्टक र ब्रोकर थप गर्ने विषयमा मन्त्रिपरिषदको निर्णय झिकाउन विपक्षीलाई आदेश दिएको छ । मंगलबार भएको दुई पक्षको छलफलपछि सर्वोच्चले सो आदेश दिएको हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । सर्वोच्चले ती…