रेमिट्यान्स आप्रवाह घट्यो, ७ महिनामा ५ खर्ब ४० अर्ब भित्रियो

चालु आर्थिक वर्षको ७ महिना अर्थात माघसम्ममा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । माघसम्मको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी…