चलनचल्तीको मुद्रा ७ खर्ब २५ अर्ब पुग्यो, यो दशैंमा ५० अर्बका नयाँ नोट साटिए

नेपाल राष्ट्र बैंकका अनुसार चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यो बर्षको दशैंका लागि ५० अर्बको नोट बाहिरिएपछि चलनचल्तीको मुद्रा बढेको हो । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ थियो । यस वर्षको दशैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको…