काठमाडौँ । एक वर्षको अवधिमा ७१ अर्ब रुपैयाँका नोट निष्काशन भएको छ । नेपाल राष्ट बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा विभिन्न दरका गरी ६९०.१५ अर्ब बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०८२ असार मसान्तसम्ममा १०.३३ प्रतिशतले वृद्धि भई ७६१.४१ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको छ । २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरू एवम् सर्वसाधारणले बैंकमा…