काठमाडौँ । ब्याजदर घटेको मौका छोपेर बैंकबाट घर कर्जा लिएर घर निर्माण गर्न चाहनेका लागि पछिल्लो समय अनुकुल बन्दै गइरहेको छ । बैंकहरूले घट्दो ब्याजदरमा अफरसमेत राखेर घरकर्जा उपलब्ध गराउँदै आएका छन् । यसले घर निर्माणलाई सहज बनाउँदै गएको छ । अर्थतन्त्रको सुस्तता र अधिक तरलताका कारण बैंकहरूले घर निर्माणतर्फ कर्जा बढाउने प्रयास गरिरहेका छन्…