सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेच्युअल नन-क्युमुलेटिभ प्रेफरेन्स) शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो सेयर निष्कासनका लागि अनुमति पाएको हो । बैंकका संस्थापक सेयरधनीले मात्रै यस्तो सेयर खरिद गर्न पाउँछन् । अविमोच्य असञ्चिति अग्राधिकार सेयर अंकित मूल्य १ सयमा जारी हुनेछ…