सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससंगको संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणालि, लेखा तथा कर सम्बन्धी जानकारी दिएको थियो ।…