आइतबार गणपुरक संख्या नपुगेपछि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) को २० औं वार्षिक साधारण सभा माघ ३ गतेका लागि बोलाइएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाण्डौंमा बिहान १० बजे डाकिएको छ । सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५…