आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले लाभांश पारित गर्न मंसिर १० गते साधारण सभा आह्वान गरेको छ । लघुवित्त कम्पनीले मंसिर १० गते एशियन होटल, कालिकानगर, बुटवलमा आठौं वार्षिक साधारण सभा बोलाएको हो । आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर…