सिभिल कोअपरेटिभ लिमिटेडमा अर्बौ रुपैंयाको घोटाला प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई सहकारीका बचतकर्ताहरुले आफ्नो रकम फिर्ता गर्नका लागि पटक पटक ताकेता गर्दै आएका थिए । यस क्रममा पछिल्लो पटक तामाङ पक्राउ पर्नुभन्दा केही दिन अघि मात्र सहकारीका बचतकर्ताले तामाङका साथै सहकारीका वहालवाला अध्यक्ष केशवलाल श्रेष्ठलाई आफ्नो निक्षेप रकम फिर्ता गराईदिन दवाब दिएका थिए…