अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव रहेको बताएका छन् । कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको मन्त्री शर्माले बताएका छन् । अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री…