म्याग्दीमा इन्टरनेट सेवामा समस्या देखिएपछि सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम र…