ओखलढुङ्गामा चक्रपथ र पुल निर्माणको काम समय अगावै सम्पन्न

विकास निर्माणका आयोजना वर्षौं अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुई वटा योजना समय अगावै सम्पन्न भएका छन् । निर्वाचन क्षेत्रस्तरीय चक्रपथ र सिस्नेखोला पुल निर्माणको काम सक्नुपर्ने समयभन्दा एक वर्ष अगावै सम्पन्न भएका हुन् । प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजना अन्तर्गत निर्वाचन क्षेत्र नं…