निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णमा लाग्ने रकम जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा तयार हुने भएको छ । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने बताएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार सिंहदरबारस्थित उनकै कक्षमा…