३४ वर्षकी उपासना पौडेल नेपाली बीमा क्षेत्र कै प्रथम महिला सीईओ बन्न सफल भएकी छिन् । यूनाइटेड इन्स्योरेन्सको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई नियुक्त गरेको कम्पनी सचिव अनिल गुराँगाईले जानकारी दिए । पौडेलललाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको हो । विगत एक दशक भन्दा बढि कार्यानुभव…