विभिन्न व्यावसायिक र औद्योगिक प्रतिष्ठानहरुको संचालन, संस्थापन, विकास तथा विस्तारका लागि पूँजी एक महत्वपूर्ण साधन हो । सामान्यतया एक वर्ष भन्दा बढी अवधि भएका प्रतिभूतिहरूको खरिद बिक्रिमा संलग्न बजारलाई पूँजीबजार भनिन्छ । यो त्यस्तो बजार हो जहाँ सेयर, डिवेन्चर, वोन्ड, म्युचुअल फण्ड, ट्रेजरी बिल आदि जस्ता धितोपत्र तथा ऋणपत्रको खरिद बिक्री हुन्छ । समग्रमा भन्नुपर्दा…