पछिल्लो समयमा विभन्न क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रुपमा बढेको भएपनि डिजिटल वित्तीय कारोबार यस्तो हुन सकेको छैन । विश्वका विभिन्न शक्तीशाली पदको जिम्मेवारीमा महिला पुगेको भएपनि डिजिटल वित्तीय कारोबारमा भने अझै पछि देखिएका हुन् । नेपालमा मात्र नभई विश्वका अन्य मूलुकमा पनि महिलाहरुले बैंक खाता सञ्चालन गर्ने भएपनि वित्तीय कारोबार गर्दा नगदमानै गर्ने गरेका छन्…