सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई थप विस्तार गर्दै लैजाने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो। द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पिसिआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य…