सरकारले लकडाउनका कारण ऋणीहरुलाई साँबा तथा कर्जाको किस्ता तिर्ने समय असार मसान्तसम्म बढाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरुको नाफा प्रभावित बनेको छ। बैंक अफ काठमाण्डू (BOKL) को खुद नाफा अघिल्लो चैतको तुलनामा २७.४९ प्रतिशतले घटेको छ भने पछिल्लो तीन महिनाको कमाईले बैंकको खर्च धान्न सकेको देखिन्न। बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ८७ करोड ३४…