काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्ष पदको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले पाएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार नेप्से सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयको योजना, अनुसन्धान तथा मूल्याङ्कन महाशाखा प्रमुख लम्साललाई दिइएको हो । डेढ महिनादेखि नेप्सेमा अध्यक्षको पद रिक्त थियो । यसअघि नेप्सेको अध्यक्ष पदमा हेमन्त बस्याल रहेका थिए…