नीति तथा कार्यक्रमले समस्याको सम्बोधन नगर्ने केपी ओलीको आरोप

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै ओलीले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको…