शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी ३ वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताएका छन् । बिहीबार शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका-१७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुन् । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब १९ सय विद्यालय बनेका छन्’ मन्त्री पौडेलले…