कोरोना भाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने – डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रबार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को 'स्प्यानिश फ्लू' नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए। तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस 'कम समयमा' नियन्त्रणमा आउन सक्ने उनले बताए।…