लकडाउनका कारण मुलुकभर सवारी आवागमनमा कडाई भइरहेका बेला लागू औषध ओसार पसारमा एम्बुलेन्सको प्रयोग भएको भेटिएको छ । बाराको सिमरामा रहेको अल्पाइन कलेज टिचिङ अस्पतालको एम्बुलेन्समा गाँजा ओसारी रहेको अवस्थामा प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको बीरगञ्जस्थित रामपुर टोलमा ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सलाई ५६ किलो गाँजा सहित नियन्त्रणमा लिएको हो…