मन्त्रिपरिषद् निर्णय : विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण, शहरी सडक मापदण्ड स्वीकृत

सरकारले विकास सहायता तथा प्राविधिक मिसनको सिलसिलामा नेपाल आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो प्रयोजनका लागि नेपाल आउने विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई प्रवेशाज्ञा र कार्यसहमति प्रदानमा सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…