सिँचाई आयोजनाहरु समयमै सम्पन्न नहुँदा तराईमा सुख्खा : रोपाई प्रभावित हुँदा खाद्य संकटको चेतावनी, किसान आक्रोशित

काठमाडौँ । समयमै पानी नपर्दा र सरकारी उदासीनताका कारणले गर्दा यस वर्ष मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा धान रोपाई गम्भीर रुपमा प्रभावित भएको छ । साउनको दोस्रो हप्तासम्म पनि पानी नपर्दा खेतहरु सुख्खा र मरुभुमि जस्तै बनेका छन् । जसले गर्दा किसानहरु गहिरो चिन्ता र आक्रोशमा छन् । समयमै सिँचाई आयोजनाहरु सम्पन्न नहुनु र भ्रष्टाचार मौलाउनुले…