काँक्रोको बीउ बेचेरै करोडौँ कमाउँछन् पर्वतका किसान

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रूपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो । बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास…