काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको सशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ–मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र आयोजना गरेको छ । कार्यक्रममा आर्थिक साक्षरता (मनि), मानसिक स्वास्थ्य र कल्याण (माइन्ड), साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व (म्यानर) जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए । सत्रको मूल…