काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको गत शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो । बक्स अफिसले चलचित्र लाली बजार, परालको आगो, मालती मंगले, गुरुआमा, लाइफ ड्यामेज र एक मुठ्ठी बादलको कारोबार विवरण सार्वजनिक गरेको हो ।…