काठमाडौँ । ग्रान्ड सेन्ट्रल होटल प्रालिले इटहरीको पशुपति मार्गमा अन्तर्राष्ट्रिय ब्रान्ड ‘रमादा बाइ विन्धम’ होटल सञ्चालनमा ल्याएको घोषणा गरेको छ। विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा स्थापना भएको यो होटलले पूर्वी नेपालको बढ्दो व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा भित्र्याएको कम्पनीले जनाएको छ । ८१ वटा सुसज्जित कोठासहित होटलमा रेष्टुरेन्ट, बार, हेल्थ क्लब, स्पा, स्विमिङ पुल…