काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । आज इभन-पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन् । उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद…