वर्षाका कारण १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप

ललितपुर । निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेशभक्त श्रेष्ठले दिएको जानकारीअनुसार कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तय गरेको प्रदर्शनी अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने भएको छ ।…