सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको अवैध चिनी बरामद

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ। भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाखको अवैध चिनी बरामद गरेको हो।  सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले…