चालु खाता १६ अर्ब र शोधनान्तर साढे २२ अर्ब घाटामा, अघिल्लो वर्षको तुलनामा भने दुबैमा सुधार

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा चालु खाता र शोधनान्तर स्थिति दुबै घाटामा रहेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने सुधार भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०७९ साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । यस अवधिमा शोधनान्तर स्थिति (देशको भित्रिने र बाहिरिने रकम बीचको अन्तर) २२…