अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले साेमबार उक्त आदेश जारी गरेको हो । “निवेदकको माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफैँ वा…