नेपाल विद्युत् प्राधिकरणले प्रिमियममा सेयर निष्काशन गर्ने

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माले पेश गरेका आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण सेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ । अर्थमन्त्री शर्माले सेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताए ।…