अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट चुनावी बजेट नभएकाे स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको पहिलो पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले विपक्षीहरुले चुनावी बजेट भनेर प्रचार गरेपनि बजेट चुनावी नभएर अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको रहेको बताए । विगतकै कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित…