प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिको समुचित सदुपयोगका लागि सरकारले विशेष पहल गरिरहेको बताएका छन् । वि.सं. १९७९ साल बैशाख १ गतेबाट शुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रुपमा एक सय वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले भूमिको संरक्षणका लागि भू उपयोग नियमावली स्वीकृतिको चरणमा रहेको र छिट्टै स्वीकृत गरी अगाडि बढाइने बताए…