राष्ट्र बैंकमा अवधारणा सार्वजनिक गरे लगत्तै नेपाल सहकारी बैंक दर्ता प्रकृया सुरु

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाब्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए । नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रकृया पूरा गरी…