काठमाडौँ । नेपालबाट हुने गलैंचा निर्यात पछिल्लो २५ वर्षमा उल्लेखनीय रूपमा घटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको गलैंचा निर्यातः राष्ट्रिय रणनीतिक कार्ययोजना २०८३–२०८८ अनुसार सन् १९९९ को तुलनामा आर्थिक वर्ष २०२४-२५ सम्म आइपुग्दा नेपालको गलैंचा निर्यात करिब ८१.८९ प्रतिशतले घटेको हो । एक समय नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये अग्रस्थानमा रहेको गलैंचा…