गण्डकी । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा(खुदीखोला र कालिकास्थान(लामेआहाल(पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ । पोखरा(३० को शिशुवा(खुदीखोला चार दशमलव १४ किमी सडक उद्घाटन भइसकेको छ भने पोखरा(३३ मा पर्ने कालिकास्थान(लामेआहाल(पुँडीटार सडक हस्तान्तरण हुन बाँकी छ । आयोजनाअन्तर्गत पोखरा(२७ तालचोकबाट पोखरा(३१ बेगनास जोड्ने सडक भने निर्माणाधीन अवस्थामा छ…