भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्ष सहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र तत्कालीन प्रोपराइटर विनोद श्रेष्ठउपर बिहीबार अदालतमा आरोपपत्र…